विपक्षीले रोक्ने कसरत गर्दा पनि बाटोको योजना पर्यो, अब सम्पन्न गर्ने जिम्मा हाम्रो: उम्मेदवार बराल

पाेखरा | कात्तिक २८, २०७९

विपक्षीले रोक्ने कसरत गर्दा पनि बाटोको योजना पर्यो, अब सम्पन्न गर्ने जिम्मा हाम्रो:  उम्मेदवार बराल

पोखरा:  कास्की क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले गठबन्धन विरोधीले धेरै रोक्ने कोसिस गर्दा पनि घट्टेखोला धम्पुस बाटोको योजना पार्न सफल भएको दावी गरेका छन् । उनले यो योजना अब टेण्डरमा गईसकेकोले यो बाटोलाई सम्पन्न गर्नुपर्ने जिम्मा पनि आफुहरुकै काँधमा आएको बताए ।


माछापुछ्रे गाउँपालिकाको धम्पुसमा आयोजना गरिएको चुनावी सभामा बोल्दै बरालले भने, ‘हामीले यो बाटो ल्याउन पहल गर्यौँ, विपक्षीहरुले रोक्न धेरै प्रयास गरे, तर हामीले उनीहरुको अबरोध चिर्दै योजना पारेका छौं ।’ उनले अगाडी थपे, ‘अब यो बाटो टेण्डरको प्रकृयामा गईसकेकोले सम्पन्न पनि हामीले नै गर्ने हो ।’


बरालले आफु प्रदेश सभामा हुँदा धेरै कामहरुको थालनी भएको बताउँदै ति कामहरु पनि पुरा गर्न प्रदेश सभामा पनि गठबन्धनका उम्मेदवारले बिताए । ‘ यहाँ थाँती रहेका योजना सम्पन्न गर्न र नयाँ योजना शुरुआत गर्न गठबन्धनका उम्मेदवारले जित्नुपर्छ ।’ उनले भने ।


भौतिक निर्माण सँगै यहाँको कृषि र पर्यटनमा पनि गुणात्मक विकास गर्नु जरुरी हुने भएकोले आफुहरुको ध्यान त्यसतर्फ पनि समान रुपले गएको बताए । यसका साथै पहाडी र हिमाली क्षेत्रको पर्यावरण जोगाउने चुनौती पनि रहेको उनको भनाई थियो ।


निरन्तरको विकास मार्फत यहाँका जनताको जीवनस्तरमा परिवर्तन गर्नु बाहेक आफ्नो कुनै स्वार्थ नरहेकोले जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्